एउटा कुलमान लेखेट्दा हजारौं कुलमान ल्याउनेछौं : मनीष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सरकारले कुलमानलाई लखेटे हजारौं कुलमान ल्याउने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको आरोप लगाए।
‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरूलाई मूल्यांकन जिरोमा गरिरहेको छ। विभिन्न बहनामा कार्यकर्ताता भर्ती गर्न पाएन भनेर निष्काशन गरिरहेको छ। विभिन्न परिपञ्च सिर्जना गरिरहेको छ। त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौं, एउटा कुलमान लखेट्यौं भने हजारौं कुलमान ल्यानेछौं,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment