अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछः अध्यक्ष दाहाल

डिसी नेपाल
२१ फागुन २०८१ २१:४६
248
Shares

मटिहानी (महोत्तरी) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताएका छन्।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानको क्रममा आज महोत्तरीको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापाबाट सुरू गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौँ जनतामा उत्साह सिर्जना गरेको दाबी गरे। उनले कञ्चनपुरसम्म पुग्दा दशौँ लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत हुने विश्वास व्यक्त गरे।

लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारू गरेपछि योजना अघि बढेको दाबी गरे। उनले नेपालमा तीन सय वर्षअघि संस्थागतरूपमा शिक्षाको सुरू भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *