प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, बैठकमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment