बालेन साहको घरबाट प्रचण्डको सन्देश- सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं

डिसी नेपाल
२२ फागुन २०८१ १२:३०
204
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली घरमा पुगेका छन्।

बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन्।

मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं। यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला। हामी सबै मिलेर यो देश बनाउनु छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *