स्वारोजगार लघुवित्तको १३.८९ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं। स्वारोजगार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.८९ प्रतिशत बोनस र सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको छ।
यता, हालै बिक्री गरेको १ लाख ९५ हजार ७३३ कित्ता एफपीओ साधारण सभाको लागि हुने बुक क्लोज मितिभन्दा अगावै सूचीकरण भएमा एफपीओ पाउने लगानीकर्ताले पनि उक्त बोनस सेयर पाउने कम्पनीले जानकारी गराएको छ ।
एफपीओ सूचीकरण भएमा चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्ने भएकाले प्रस्तावित लाभांशदर पनि समाजोजन गरी १३.५० प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद कायम हुने कम्पनीको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment