रंगशालामा युवा कुट्नेहरु गणतन्त्रको सेनानी हुन् : एमाले सांसद रिजाल

डिसी नेपाल
२२ फागुन २०८१ १४:५४
2.6k
Shares

काठमाडौं। नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले दशरथ रंगशालामा युवा कुट्ने एमाले कार्यकर्ता ‘बिल्लाधारी गुण्डा’ नभएर ‘गणतन्त्रका सेनानी’ भएको बताएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले यस्तो दाबी गरेका हुन्।

उनले भने,‘सभामुख महोदय, सभ्यताको यो थलो संसदमा एक/दुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरु प्रवेश हुँदैछ। भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका मन्त्रीहरुले यस्ता शब्दहरु अशिष्ट, असभ्य र असंसदीय सभ्यहरु यहाँ राख्ने निरन्तर प्रयास भएको छ। हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरु भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन। यो असभ्य शब्द हो। म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होइनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन्। जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन्। जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरुको ताकद कति हुँदोरहेछ भनेर।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *