कुलमानलाई देवत्वकरण नगर्न कांग्रेसको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न बिपक्षी दललाई सुझाव दिएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले कुलमान घिसिङलाई देवत्वकरण नगर्न समेत सुझाव दिएका हुन्।
एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको उनले बताए। नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको उनको भनाइ छ।
उहाले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिए।
त्यस्तै उहाले वर्षायाम अघि नै विपी राजमार्ग निर्माणको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment