क्यानभासमा कविता

दोहा। नेपाली दूतावास कतारका प्रथम सचीव कवि कृशु क्षेत्रीद्वारा लिखित पसिनाको क्यानभास कविता संग्रह “पसिनाको क्यानभास” पुस्तकमाथि महफिलमा कविता क्यानभासको पलेटि बसाइ डेजर्ट रोज हलमा सम्पन्न भएको छ।
मुस्लिमहरुको पवित्र महिना रमजानको अबसर पारी नेपाली भाषा र साहित्यमा कलम चलाइरहेका कतारका अनेसास , नवोदितलगायत विभिन्न साहित्यिक संस्थामा आबद्ध रकेका लेखक, बुद्धिजिवी तथा मुर्धन्य साहित्यकारहरुको संयुक्त बसाईमा कविता साँझ “क्यानभासमा कविता” भब्यताका साथ सम्पन्न भएको हो।
खास गरी अरब र पाकिस्तानमा प्रयोग हुने महफिल” शब्द अरबी शब्द “महफल” (مَجْلِس) बाट आएको हो, जसको अर्थ “बैठक” भन्ने शब्द फारसी र उर्दूको माध्यमबाट भारतीय उपमहाद्वीपमा आएको र त्यहाँबाट नेपाली भाषा , साहित्य र संस्कृतिमा आयातित शब्दको रूपमा प्रयोग भयो, तर समय बित्दै जाँदा यो कला, संगीत, संगीतसँग जोडिएको छ। आजकल यसलाई धार्मिक, शैक्षिक, सामाजिक र साहित्य जमघटका लागि प्रयोग गरिने सजिलो शब्द बनेको छ।
नेपाली विद्वान ,कवि, लेखक र सुफी संतहरू प्रायः महफिल सभाहरूमा भेला हुन्छन् र आफ्ना रचना अथवा ब्यानरमा उल्लेखित साहित्यिक विधामा कलात्मक रुपले रचना वाचन गर्दै उपस्थित सबैलाई श्रब्यदृश्य मर्मत संज्ञानहीन तुल्याउँछन् धार्मिक र सुफि परम्परामा, मेहफिल संगीत र नृत्यको जमघटबाट कव्वाली मार्फत ईश्वरलाई जोड्ने प्रयास गरिन्छ।
महेफिल “क्यानभासमा कविता” सृजनाबहस र वाचन गर्ने चर्चित साहित्यकारहरू प्रेम भट्टराई, सुरेश भट्ट आश्रिन, लीलानाथ कश्यप, शोभाराम ओली, सीताराम थापा, सोम थापा, नारायण निर्जल, चक्र कार्की, शिव सुवेदी , मणि पौडेल, श्यामराज रानाभाट, दिलीप पराजुली, पूर्णकान्छा गुरुङ र यादव रेग्मी लगायत सबैमा लेखक क्षेत्रीले कृतज्ञता व्यक्त गरेका छन्।
Facebook Comment