विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

डिसी नेपाल
२९ वैशाख २०८३ ९:४२

काठमाडौं। विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो। यस शृङ्खलामा नेपाल र स्कटल्याण्डसँगै अमेरिका सहभागी छ्न।

लिग २ मा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ। जसमा स्कटल्याण्ड ३४ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ। यता नेपाल भने १८ अंकका साथ सातौं स्थानमा छ।

नेपाल र स्कटल्याण्डबीच हालसम्म १० एकदिवसीय खेलमा आमनेसामने भएका छन्। नेपाल पाँच खेलमा विजयी हुँदा स्कटल्याण्ड चार खेलमा विजयी भएको छ । पछिल्ला पाँच भेटमा तीन खेलमा नेपाल तथा एक खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेल वर्षाका कारण रद्द भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *