कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक

डिसी नेपाल
२६ फागुन २०८१ १०:२५
364
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलाएका छन्।

‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने। उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान बिचार र उदेश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा राप्रपा नेपाल  र कमल थापाले जोड दिईरहेको  सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *