कांग्रेस महाधिवेशन: महिला सहमहामन्त्रीमा प्रतिमा गौतमको फराकिलो अग्रता, १९९० मत गन्दा १४६२ मत प्राप्त
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्री पदको मतगणनामा नेतृ प्रतिमा गौतमले भारी मतको अग्रता कायम गरेकी छन्।
कुल १९९० मत गणना भइसक्दा गौतमले १ हजार ४६२ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नानु बास्तोलाले भने ४२० मत मात्र प्राप्त गरेकी छन्।
एक पदका लागि यी दुई नेतृबिच प्रतिस्पर्धा भइरहेको छ। सहमहामन्त्री पदका लागि सम्पन्न निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो। बाँकी मतको गणना कार्य जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment