सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय

डिसी नेपाल
२६ असोज २०८३ १४:०४
12
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस भएका चार जना प्रस्तावित व्यक्तिहरूविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित समिति कक्षमा बसेको बैठकले न्यायपरिषद्‌बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी तथा गुनासो माग गर्ने निर्णय गरेको हो।

संसदीय सुनुवाइको तय गरिएको कार्यविधि अनुसार सर्वसाधारणबाट १० दिनको समय दिएर उजुरी आह्वान गर्न लागिएको हो। आगामी कात्तिक ९ गते सार्वजनिक सञ्चारमाध्यममार्फत औपचारिक सूचना प्रकाशित गर्न समिति सचिवालयलाई निर्देशन दिइएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

यसअघि बसेको न्यायपरिषद्‌को बैठकले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सिफारिस गरेको थियो।

सर्वसाधारणबाट प्राप्त हुने उजुरी तथा गुनासोहरूको अध्ययन र छानबिन गरेपछि समितिले सिफारिस गरिएका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *