हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य
काठमाडौं। हङकङ चाइनाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको हो।
हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाइन् भने मारिको हिलले २१ रन बनाइन् ।
त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २/२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक/एक विकट लिए।
यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment