कमल थापा र राजेन्द्र लिङ्देनले ‘फ्रड’ गर्दा राजसंस्था हट्यो : दुर्गा प्रसाईँ

डिसी नेपाल
२७ फागुन २०८१ १३:०८
1.5k
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनले फ्रड काम गरेकाले मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका छन्।

मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले २०७२ मा कमल थापा र राजेन्द्र लिङ्देनले हस्तक्षर गरेकै कारण मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका हुन्।

राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए। प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दाबी गरे। आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मिलेर गर्ने तर्क गरे।

उनले अहिलेका लडाइमा सारथि भएर रथ चलाउन पूर्वराजालाई सुझाव दिँदै आफू अर्जुनको भूमिकामा बाण चलाउने जिकिर गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *