नामिबियाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

डिसी नेपाल
२८ फागुन २०८१ १२:४७
208
Shares

काठमाडौं। नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाको सामना गर्दै छ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ। नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकी हुन्। योसँगै नामिबियाले पहिला ब्याटिङ गर्ने भएको छ।

यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ। नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो। त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ।

नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *