नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
काठमाडौं। नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ। युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो।
नामिबियाको लागि यसमीन खानले सर्बाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन्।
त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए।
यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ। नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ।
नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment