यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

डिसी नेपाल
२८ फागुन २०८१ २०:१०
32
Shares

काठमाडौं । यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि टिम काठमाडौं रेजर्सको टाइटल स्पोन्सरको रूपमा साझेदारी गरेको छ।

यामाहा खेलकुद र युवा सहभागितालाई प्रोत्साहित गर्ने ब्रान्डको रूपमा परिचित छ। नेपाली फुटबल संस्कृतिलाई सशक्त बनाउन तथा युवा खेलाडीहरूलाई उर्जा दिन यामाहा निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।

एनएसएलको पहिलो सिजनको उपाधि जितेर इतिहास रचेको काठमाडौं रेजर्स लिगको एक सशक्त टोलीका रूपमा स्थापित छ। बलियो टोली र साहसी खेल शैलीका साथ टोली सिजन ३ मा पुनः आफ्नो प्रभाव जमाउन दृढ छ। यस रोमाञ्चक यात्रामा यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले टोलीलाई समर्थन गर्दै सफलताको दिशामा अघि बढ्न प्रेरित गरिरहेको छ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड विशेष गरी स्टाइल, शक्ति र इन्धन–कुशलता खोज्ने राइडरहरूका लागि डिजाइन गरिएको हो। हाइब्रिड पावर असिस्टले सुसज्जित यस स्कूटरले गति बढाउँदा अतिरिक्त बूस्ट प्रदान गर्दछ, जसले रोमाञ्चक र सहज सवारी सुनिश्चित गर्दछ।

नेपाल सुपर लिग नेपालकै पहिलो फ्रेन्चाइजी-आधारित फुटबल प्रतियोगिता हो, जसमा देशका उत्कृष्ट खेलाडीहरू उच्च स्तरमा प्रतिस्पर्धा गर्छन्। यो लिगले नेपाली फुटबलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ। यसले नयाँ प्रतिभाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्दै देशभर फुटबलको लोकप्रियता बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *