नेपाल युगाण्डासँग पराजित, फाइनलको दौडबाट बाहिर
काठमाडौं।। नेपालले जारी चार देशीय सिरिजमा चौथो हार ब्यहोरेको छ। बिहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार ब्यहोरेको हो।
युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनायो।
नेपालका लागि कविता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाइन्। यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको थियो।
युगाण्डाका लागि रिताह मुसमालीले सर्वाधिक ३८ र एसथर इलोकुले २२ रन बनाइन् । त्यस्तै नेपाली बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए।
यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ। नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment