हेटौँडाकाे सितलमहल चोक नजिक शंकास्पद वस्तु फेला

डिसी नेपाल
२९ फागुन २०८१ २२:२६
668
Shares

बागमती। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ सितलमहल चोक नजिक गरुडपथमा आज साँझ शंकास्पद वस्तु फेला परेको छ।

सितमहल जाने भित्री सडकखण्डअन्तर्गत स्थानीय सिर्जना पौडेलको घर अगाडि प्रेसर कुकर फेला परेको हो।

प्रेसर कुकर रहेको स्थलमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको र उक्त वस्तु निश्क्रिय पार्न नेपाली सेनाको टोलीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *