अल खोलूउदमाथि अल नासरको शानदार जित

डिसी नेपाल
२ चैत २०८१ ७:५९
260
Shares

काठमाडौं। अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक ग्ल गरेका थिए। त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए।

यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *