कोशीमाथि आर्मीको शानदार जित, दासले बनाए शतक
काठमाडौं। जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित हासिल गरेको छ। शनिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
कोशीले दिएको २३१ रनको लक्ष्य पछाएको आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
आर्मीका लागि तृतराज दासले ११२ रनको शतकीय पारी खेलेका थिए। यस पीएम कपमा बनेको यो दोस्रो शतक हो। यसअघि सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले गण्डकी प्रदेशविरुद्धको खेलमा १२१ रनको शतकीय पारी खेलेका थिए।
त्यस्तै आर्मीका लागि बसिर अहमदले अविजित ६१ रन बनाए।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो। कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए। त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र शाहाब आलमले २/२ विकेट लिए।
यो जितपछि आर्मीले लगातार चौथो जित हासिल गर्दै प्रतियोगितामा अपराजित रहेको छ। त्यस्तै कोशी प्रदेशले भने आफ्नो लगातार चौथो हार बेहोरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment