पाकिस्तानमाथि न्युजील्याण्ड ९ विकेटले विजयी
काठमाडौं। न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो।
न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुँदै ९१ रन बनाएको थियो।
पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए। त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए।
यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment