कर्णालीमाथि एपीएफको सहज जित

डिसी नेपाल
३ चैत २०८१ १६:४१
68
Shares

काठमाडौं । जारी पीएम कपमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ। आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको १९० रनको लक्ष्य पछाएको एपीएफले ३९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

एपीएफका लागि दिपक बोहोराले अविजित ७० रन बनाएका थिए भने सुमित महर्जनले ३४ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ४७ ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो।

कर्णालीका लागि सुनिल धमलाले सर्बाधिक ४७ रन बनाएका थिए भने दिनेश अधिकारीले ३३ र दिपेन्द्र रावतले ३० रन बनाएका थिए। त्यस्तै एपीएफका बलर अभिषेक गौतमले ४ विकेट लिएका थिए।

यो जितपछि एपीएफले तेस्रो जित हासिल गरेको छ। एपीएफको ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ। त्यस्तै कर्णालीको ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *