रास्वपा सचिवालय बैठकमा अधिवेशनबारे छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ।
आज बसेको बैठकमा गएका बैठकका निर्णयहरूको कार्यान्वयनको बारेमा जानकारी लिने र दिने काम भएको थियो। यस्तै बर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएको रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बताए।
राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिनु र दिनुका साथ केन्द्रीय सचिवालयको बैठकले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको पनि झाले बताए।
उनले संसदीय गतिविधि, अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराज भक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारजीबाट जानकारी गराउने काम भएको पनि बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment