कांग्रेस महाधिवेशन: सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कतर्फको मतगणना सुरु
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा सहमहामन्त्री पदको अन्तिम परिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने भएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार अहिले विभिन्न विधाका सहमहामन्त्री पदहरूको मतगणना कार्य तीव्र रूपमा भइरहेको छ।
अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अग्रस्थानमा रहेका छन्।
त्यसैगरी महिलातर्फको सहमहामन्त्री पदमा प्रतिमा गौतमले अग्रता कायम गरेकी छन्। अन्य समावेशी समूहका सहमहामन्त्री पदहरूको पनि मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ।
यसैबीच जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्य पदको मतगणना पनि अहिलेदेखि सुरु गर्न लागिएको संयोजक खड्काले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment