घटस्थापनाको अवसरमा अमेरिकामा अजित घिमिरेको दशैँ भजन ‘कलियुगकी महाकाली’ सार्वजनिक

डिसी नेपाल
२६ असोज २०८३ १०:३०
8
Shares

विस्कन्सिन, अमेरिका। नेपाली सांगीतिक क्षेत्रका गायक तथा संगीतकार अजित घिमिरेको स्वर र संगीतमा तयार पारिएको नयाँ दशैँ विशेष भजन ‘कलियुगकी महाकाली’ सार्वजनिक गरिएको छ।

बडादसैँको नवरात्रिको पहिलो दिन शुभ घटस्थापनाका अवसरमा अक्टोबर ११, २०२६ (असोज २५, २०८३) का दिन अमेरिकाको विस्कन्सिनस्थित एचडीसी मन्दिरमा आयोजित एक कार्यक्रमका बीच उक्त भजन औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

देवी महाकालीको शक्ति, अपार महिमा र आध्यात्मिक चेतनालाई समेटेर तयार पारिएको यस भजनले सनातन हिन्दू धर्मप्रतिको अगाध आस्था र भक्तिभावलाई संगीतमार्फत उजागर गरेको छ।

धार्मिक तथा सांस्कृतिक परम्परालाई संगीतसँग जोड्दै नेपाली मौलिक भजन संस्कृतिलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यले यो सिर्जना बजारमा ल्याइएको हो।

‘कलियुगकी महाकाली’ भजनका शब्दहरू गीतकार प्रदीप केसी (सञ्जेल) ले रचना गरेका हुन् भने यसमा गायक अजित घिमिरे स्वयंको स्वर र संगीत रहेको छ।

उक्त भजन अजित घिमिरेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्माण पक्षले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई भजन हेरेर, च्यानल सब्क्राइब गर्दै आफ्ना अमूल्य प्रतिक्रिया र सुझाव दिएर नेपाली संगीत तथा संस्कृतिको प्रवर्द्धनमा प्रोत्साहन गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *