धनुषामा प्रहरीले चलायो गोली

डिसी नेपाल
८ चैत २०८१ १६:०३
1.0k
Shares

जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ। धनुषाको मुखियापट्टी मुसर्निया गाउँपालिका-६ स्थित भन्सार छलीको सामान नियन्त्रण लिन खोज्दा प्रहरीमाथि आक्रमण प्रयास भएपछि हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीका अनुसार स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास भएपछि प्रहरीले हवाइ फाएर गरेको हो।

हवाई फायरपछि तस्कर फरार भएको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *