बाजुरामा ट्याक्टर कर्णालीमा खस्यो

डिसी नेपाल
८ चैत २०८१ १८:४७
60
Shares

बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना भइ कर्णाली नदीमा खसेको छ।

जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली करिडोरको बुढीनन्दा नगरपालिका–१ पादुका मन्दिर नजिकै बिहीबार राति ट्याक्टर दुर्घटना भएको छ।

हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से१त ३४४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट कणाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।

ट्याक्टर चालक विष्टको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीको किनारमा खसेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *