प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन्।
प्रधानमन्त्री ओलीेले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन्।
‘बधाई नेपाली !! नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ’, उनले लेखेका छन्।
साँझ सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजति गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment