यसिमाले अस्विकार गरिन चौतारीको प्रतिष्ठान इन्चार्ज

डिसी नेपाल
११ चैत २०८१ २२:१०
344
Shares

बिराटनर । यसिमा महतले प्रेस चौतारीले दिएको प्रतिष्ठान इन्चार्ज अस्विकार गरेकी छन्।

प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशनको क्रममा उनलाई प्रतिष्ठान इन्चार्ज घोषणा गरिएको थियो। घोषणा गरिएको १ घन्टा भित्रमा उनले सो पदमा नरहने घोषणा गरेकी हुन्।

‘मेरो अनुमती विना मलाई प्रतिष्ठानको इञ्चार्ज घोषणा गरेकोमा मेरो आपत्तिसहित चौतारीको साधारण सदस्य मात्रै रहने जानकारी गराउँदछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले महतलाई प्रदेश इन्चार्ज भनेर घोषणा गरेका थिए। उनी बस्नेत नेतृत्वको जनता टाइम्स डट कमकी सम्पादक हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *