बालेनलाई पक्राउ गर्न माग युवा संघको माग
काठमाडौं। नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ।
मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिकसञ्जालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभियव्यक्ति नदिन र तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन सचेत गराउँछौ’, विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामाजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन पनि चेतावनी दिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment