गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

डिसी नेपाल
१३ चैत २०८१ १५:५८
460
Shares

काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष रोकाया, वडाध्यक्ष भीमबहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगरविरुद्ध मुद्दा दायर गरेको हो। रोकाया नेपाली कांग्रेसबाट खप्तडछान्ना गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै तत्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको छ।

उनीहरूले आर्थिक वर्ष २०६७/७७ मा सिम्लका घट्ट कुलो सिचाँई निमार्ण सम्पन्न गरे पनि आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी भुक्तानी लिएको आरोप लगाएको छ।

उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो माग्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *