सडकमा निस्कियो सेना

डिसी नेपाल
१५ चैत २०८१ १७:४९
1.7k
Shares

काठमाडौं। कर्फ्यू आदेश पालना गराउन तीनकुने-बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर-तिनकुने क्षेत्रमा अपरान्ह ४ः२५ बजेदेखि रातिको १० बजेसम्मको लागि कर्फ्यू लगाएको छ। राजवादी समूहको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले कर्फ्यू लगाएको हो।

विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र ताेडफोड गर्न थालेपछि सेना खटाइएकाे हाे।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

प्रदर्शनकारीले तीनकुनेमा रहेका एक घरमा आगजनी गरेका छन् भने धेरै घरमा ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरिएको छ भने अन्य संरचनामा पनि क्षति भएको छ।

दर्शनकारीहरु भाटेभटेनीमा प्रवेश गरी त्यहाँका सामान लुटपाट गरेका हुन्। उनीहरुले सामान बाहिर निकालेर अगाजानीसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *