राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्यो
काठमाडौं। राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ। दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो। बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपराह्न ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो।
सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो। सूचनामा भनियको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment