रवीन्द्र मिश्र र धवल शमशेर जबरा पक्राउ

डिसी नेपाल
१५ चैत २०८१ २२:४८
2.2k
Shares

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेको हो।

आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान गएपछि प्रहरीले वरिष्ठ उपाध्यक्ष मिश्र सांसद धवल शमशेर राणासहित १७ जनालाई पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सेफोर्ड लिम्बु, सन्तोष तामाङपनि रहेका छन्। प्रहरीले फरार रहेका दूर्गा प्रसाईलाई पनि खोजी गरिरहेको छ।

राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको उनीहरु अभियोगमा पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *