राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय

डिसी नेपाल
१५ चैत २०८१ २३:१०
680
Shares

काठमाडौं। राजावादीको आन्दोलनबारे सरकारले छानबिन गर्ने भएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो।

यस्तै बैठकले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भर्त्सना गर्दै शुक्रबारको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान जानुका सार्थै निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र लुटपाट भएको थियो।

राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास लगाएत गोली प्रहार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *