पूर्वराजालाई जरिवाना गर्ने महानगरको निर्णय हास्यास्पद: कमल थापा

डिसी नेपाल
१६ चैत २०८१ २०:५२
932
Shares

काठमाडौं।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन्।

महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णय हास्यास्पद भएको बताएका हुन्।

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ। ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु,’ उनले लेखेका छन्।

उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको उनको भनाइ छ। अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाका प्रति पनि आपत्ति जनाएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *