महानगरपालिकाको जरिवाना पत्र बुझ्न पूर्वराजाद्वारा अस्वीकार

डिसी नेपाल
१७ चैत २०८१ ११:३५
4.0k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको टोली निर्मलनिवासबाट फर्किएको छ। विभिन्न शीर्षकमा काटिएको जरिवानापत्र बोकेर निर्मलनिवास पुगेको महानगरको टोली त्यत्तिकै फर्किएको हो।

पूर्वराजा ज्ञानेन्द्रले ती जरिवाना पत्र बुझ्न अस्विकार गरेका हुन्।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर, सिनामंगल, बालकुमारी क्षेत्रमा जथाभावी फोहोर गरी वातावरण प्रदूषण गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरेकोमा काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ।

हिजो सार्वजनिक बिदा भएकोले महानगरको टोली आज विहानै कार्यालय खुल्नेबित्तिकै निर्मलनिवास पुगेको थियो। तर, महानगरको टोलीलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *