नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा सोझो गाउँले

डिसी नेपाल
१७ चैत २०८१ १७:२०
68
Shares

लुम्बिनी (मर्चवार) । नेपाली लेखक संघको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी भएका छन्। केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी भएको जनाइएको छ। उनका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गरे।

संघको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गरे। महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गरे।

सङ्घको आठौं राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो। त्यसमध्ये ६ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उनीहरू स्वतः निर्विरोध निर्वाचित भएका छन्।

संघको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा. विष्णु केसी र डा. शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा. लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित भएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताए। निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *