रवीन्द्र र धवलसहित ४१ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं। गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनालाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपीलराज बोहोराले जानकारी दिए।
काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको थियाेहो।
शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment