ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने छ: प्रदेश प्रमुख मियाँ
घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले ईद पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
ईस्लाम धर्मावलम्बीको महान् पर्व ईद उल फित्र अर्थात् ईद पर्वको अवसरमा शुभकामना दिँदै प्रदेश प्रमुख मियाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
एकापसमा रहेको रिस, राग बिर्सेर एकापसमा खुसी साटासाट एवं शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र पारिवारिक मिलनको रुपमा खुसी र हर्ष उल्लासपूर्वक ईद पर्व मनाउन उनले आग्रह गरेका छन्।
“यस पर्वले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, समझदारी, समन्वय मेलमिलाप एवं भाइचाराको भावना बढाउनुका साथै राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस्”, प्रदेश प्रमुख मियाँको सन्देशमा उल्लेख छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment