राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी

डिसी नेपाल
१८ चैत २०८१ १४:४४
612
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ।

सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १६औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा सहभागी हुन यही चैत १४ माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *