दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
पाँचथरको कुम्मायक गाउँपालिका-१ गैरी गाउँ बस्ने ६३ वर्षीय लैन बहादुर तामाङ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको बकैया गाउँपालिका-५ राजदमारस्थित गितावर सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ७० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment