रास्वपा महाधिवेशन वैशाखमै हुन्छ : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वैशाखमै पहिलो महाधिवेशन हुने बताएका छन्।
पार्टीको जिम्मेवारीमा फर्किएपछि सोमबार केन्द्रीय समितिमा बोल्दै लामिछानेले राष्ट्रिय परिषद्को पहिलो बैठकले तय गरेको मिति (२०८२ वैशाख २५, २६, २७) मै महाधिवेशन हुने बताएका हुन्।
‘तोकिएकै मितिमा महाधिवेशन हुन्छ। तपाईंहरू त्यही अनुसार तयारीमा जुट्नु होला। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्। म पार्टीको लागि २४ घण्टा खट्न, सयौं किलोमिटर हिँड्न तयार छु,’ लामिछानेले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment