त्रिवि विश्वविद्यालय क्याम्पसको सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी
काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्।
जम्मा ३११८ खसेको मतमध्ये जोशी ले ७८९ मतसहित विजय हासिल गरे भने अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन्।
त्यस्तै, क्रान्तिकारीका प्रविन दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत ल्याएका छन् ।
सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment