भन्सार छलीको सामानसहित पिकअप गाडी नियन्त्रणमा

डिसी नेपाल
१९ चैत २०८१ १९:४१
196
Shares

महोत्तरी। सशस्त्र प्रहरीले करीब ८ लाख ९९ हजार ८ सय ९० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ।

आज भन्सार छलेर ल्याउँदै गरेको फेन्सी सामानसहितको बलेरो पिक गाडी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मालिवाडाबाट नियन्त्रणमा सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट अवैध रुपले भन्सार छली बीआर ०६–जीजी ४७६५ नम्बरको गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको व्याग, टोपी, बेल्ट, चस्मा, घडी लगायतका फेन्सी सामानको विलविजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म जलेश्वरले नियन्त्रणमा लिएको उनले बताए।

बरामद सामान तथा गाडीको भन्सार दाखिला मुल्य १८ लाखसहित जम्मा मुल्य २६ लाख ९९ हजार ८ सय ९० रुपैयाँ कायम गरी जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *