बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे आठ लाखको क्षति

डिसी नेपाल
२० चैत २०८१ १८:२४
180
Shares

बागमती । मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज भएको आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेलीस्थित बहुउद्देशीय प्लास्टिक उद्योग (नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाउँ) को जवान व्यारेकमा आगलागी हुँदा करिब साढे आठ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए।

विद्युत् सर्ट भई आगलागी हुँदा ब्यारेकमा रहेका नेपाली सेनाका लत्तापकडा, फर्चिचर, कागजात तथा दराज जलेर नष्ट भएको प्रहरी निरीक्षक ढकालले बताए।

हेटौँडा उपमहानगर पालिकाको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ढकालको भनाइ छ। हेटौँडा उपमहानगरपालिका–१२ स्थित आल्दमार सुवेदी टोल निवासी पुरुषोत्तम ढुङ्गानाको गाई गोठमा आज आगलागी हुँदा करिब एक लाख ६५ हजार मूल्य बराबरको क्षति भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *