राप्रपाका वरिष्ठ नेता दीपक बोहराको अन्त्येष्टी

डिसी नेपाल
२० चैत २०८१ १८:५६
340
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सांसद् दीपक बोहराको अन्त्येष्टी गरिएको छ।

मंगलबार उपचारका क्रममा निधन भएका सांसद बोहराको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो। त्यसअघि पशुपति आर्यघाटमा कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, बिभिन्न दलका नेता लगायत पुगेर बोहरालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने पार्टी बोहराको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाइएको थियो।

मंगलबार बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको थियो। दीपक बोहराको जन्म वि.स २००७ चैत १८ मा भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *