हात्ती मृत फेला

डिसी नेपाल
२१ चैत २०८१ १३:५९
56
Shares

कञ्चनपुर । कञ्चनपुरमा हात्ती मृत फेला परेको छ।

दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित दशगजा क्षेत्रमा बिहीबार बिहान वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको हो।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठका अनुसार हात्तीको सुँडमा घाउ देखिएको छ। शरीरको अन्य भागमा घाउ देखिएको छैन।

‘अहिले नै मृत्युको कारण भन्न सकिने अवस्था छैन,’ डाक्टर श्रेष्ठले भने, ‘पोष्टमार्टम पछि मात्रै मृत्युको कारण भन्न सकिन्छ।’ उनका अनुसार हात्ती दशगजामा नेपाल र भारत दुवैतर्फ रहेको छ। भारततर्फको पनि वनको टोली घटनास्थलमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *