बालेनका पक्षमा उभियो रास्वपा, नेतृ संग्रौला भन्छिन्- डन्ट वरी, हामी छौं

डिसी नेपाल
२१ चैत २०८१ १४:०१
2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौला काठमाडौं महानगरपालिकाको विवाद प्रकरणमा मेयर बालेन शाहको पक्षमा देखिएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले पार्टी सभापति रवि लामिछानेपछि मेयर शाहलाई सक्काउन सरकार लागिपरेको आरोप लगाएकी छन्।

रविलाई यो सरकारले बिनाकारण दु:ख दिँदा बालेन एक शब्द नबोलेको बताउँदै रवि बालेनका लागि बोल्ने उनको दाबी छ।

‘डन्ट वरी हामी छौं। यो भ्रष्ट सरकार रविपछि बालेनलाई सक्काउन लागिपरेको छ! रविलाई यो सरकारले बिनाकारण यत्रो दु:ख दिँदा बालेन एक शब्द बोलेनौं, तर रवि तिम्रो लागि बोल्ने छन्, तिमीलाई अप्ठेरो पर्दा बोल्ने छन्। हामी बोल्नेछौं! हामी छौं! डन्ट वरी,’ उनले लेखेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *